28, Apr, 2024

एमालेले कसैसँग घाँटी नजाेडेकाे – केपीशर्मा ओली

बागमती भ्वाइस
बागमती भ्वाइस
१५ चैत्र २०८०, बिहीबार १८:०७ | १ महिना अगाडी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले कसैसँग घाँटी नजाेडेकाे बताएका छन् । झापाको ११ औं जिल्ला अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै अहिले नयाँ समीकरण निश्चित उद्देश्यको लागि मात्रै सहकार्य भएको भन्दै गठबन्धन नभएको जिकिर गरे ।

उनले भने, ‘गठबन्धन फुट्ने भएपछि हामीले थामेका हौं । यो समीकरणलाई भुलचुकमा पनि गठबन्धन नभन्नुहोला यो गठबन्धन होइन । कसैको कसैसँग घाँटी जोडिएको छैन । यो गठबन्धन जस्तो घिनलाग्दो कुरा होइन यो । हिजोका गठबन्धन एमालेविरुद्ध थियो । तर, यो कसैको विरुद्ध होइन । यो समीकरण देश विकासको लागि हो । हामी एक ठाउँमा छौं । एउटा उद्देश्यका लागि सहयात्रा गरेका हौं । हामीले संकल्पपत्र पनि सार्वजनिक गरिसकेका छौं । यो समीकरण अनुकुल छ । एमाले आफ्नो नीति र हैसियताका साथ अगाडि बढेको छ ।’

उनले विपक्षी दलले सत्ताबाट बाहिरपछिको आक्रोश सदनमा पोखेको आरोप लगाए । आफैंले प्रधानमन्त्री अफर गरेको व्यक्तिलाई गृहमन्त्री नस्वीकार्ने भन्दै तमासा गरेको उनको भनाइ छ ।

१५ चैत्र २०८०, बिहीबार १८:०७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading