27, Apr, 2024

रुस जान छनोट भइसकेका कामदारलाई अन्तिम श्रम स्वीकृति दिने निर्णय, बिदामा आएका पनि फर्किन पाउने

बागमती भ्वाइस
बागमती भ्वाइस
१५ चैत्र २०८०, बिहीबार १३:४९ | ४ हफ्ता अगाडी

काठमाडौं । सरकारले रुस जान छनोट भएका कामदारलाई अन्तिम श्रम स्वीकृति दिने र बिदामा आएकालाई फर्किन पाउने निर्णय गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रुसमा विभिन्न पेशा व्यवसायी गरी नेपालमा बिदा आएका कामदारलाई पुन: श्रम स्वीकृति साथै त्यहाँको एक इन्जिनियरिङ कम्पनीमा कामदार पठाउन छनौट भई अन्तिम श्रम स्वीकृति लिन बाँकीलाई बाटो खोल्दिने भएको हो ।

रुसी फौजमा भर्ना भएका नेपाली नागरिकको मृत्युको कारण देखाउँदै परराष्ट्र मन्त्रालयले पुस १९ गते रुस जाने कामदारको श्रम स्वीकृति स्थगन गरेको थियो ।
विभागका सूचना अधिकारी कविराज उप्रेतीले पहिले रसियाबाट बिदामा आएका र संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको बताए ।

१५ चैत्र २०८०, बिहीबार १३:४९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading