27, Apr, 2024

बारीमा घाँस काट्ने विषयमा विवाद हुँदा रौतहटमा श्रीमानद्वारा हसिया प्रहार गरी श्रीमतीको हत्या

बागमती भ्वाइस
बागमती भ्वाइस
१५ चैत्र २०८०, बिहीबार १०:१५ | १ महिना अगाडी

जनकपुरधाम । बारीमा घाँस काट्ने विषयमा विवाद हुँदा रौतहटमा एक पुरुषले हसिया प्रहार गरी श्रीमतीकै हत्या गरेका छन् ।

वृन्दावन नगरपालिका १ का ४० वर्षीय तीर्थ वाइबाले बुधवार ३५ वर्षीया श्रीमती सोती माया वाइबाको हत्या गरेका हुन् । धारिलो हँसिया प्रहार गरी तीर्थले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओम प्रकाश खनालका अनुसार घाँस काट्ने क्रममा श्रीमान-श्रीमतीबीच विवाद भएको थियो । गालीगलोजपछि तीर्थले श्रीमतीको घाँटीमा हँसिया प्रहार गरेपछि घटनास्थलमै मृत्यू भयो ।

श्रीमतीको हत्यापछि तीर्थले पनि आत्महत्याको प्रयास गरेको डिएसपी खनालले जानकारी दिए । आफ्नै घाँटीमा पनि हँसियाले रेटेको अबस्थामा तीर्थलाई नियन्त्रणमा लिइ उपचार गराएको उनको भनाई छ ।

घटना भएको बेला तीर्थले मदिरा सेवन गरेका थिए । घटना विषयमा थप अनुसन्धान तथा कारबाही अगाडि बढाएको डीएसपी खनालले बताए ।

१५ चैत्र २०८०, बिहीबार १०:१५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading