28, Apr, 2024

फागु पर्वको चलपल सुरु भयो बसन्तपुरमा

बागमती भ्वाइस
बागमती भ्वाइस
११ चैत्र २०८०, आईतवार ११:१४ | १ महिना अगाडी

काठमाडौं । हिमाली र पहाडी जिल्लाहरूमा हर्षोल्लासपूर्वक होली मनाइएको छ । काठमाडौंको वसन्तपुरमा होली मनाउन मानिसहरू जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ ।

एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचिन परम्परा छ ।

असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ ।

११ चैत्र २०८०, आईतवार ११:१४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading