27, Apr, 2024

बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी, २० लाख बराबरको क्षति

बागमती भ्वाइस
बागमती भ्वाइस
९ फाल्गुन २०८०, बुधबार १२:०४ | २ महिना अगाडी

विराटनगर । बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ ।

विराटनगर महानगरपालिका-१६ स्थित जुट मिल्समा मंगलबार राति ९ बजे लागेको आगो बिहान १ बजे नियन्त्रणमा आएको हो ।

नेपाल एवं सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाबाट गएको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले मिल्समा आगलागी हुँदा करिब २० लाख बराबरको क्षति भएको र तीन वटा मेसिन जलेको जानकारी दिए ।

सरकारी स्वामित्वको मिल्स २०७८ माघदेखि बन्द थियो । बन्द रहेको मिलको ‘स्वप्नर ब्लिचिङ डिपार्ट’ बाट अचानक आगलागी सुरू भएको हो ।

जुटका बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पूर्णरूपमा जलेर क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी हुन सक्ने भए पनि दुई वर्षदेखि बन्द रहेको उद्योगमा एक्कासी आगलागी हुनुले घटना शंकास्पद देखिएकाले अनुसन्धान थालेको डीएसपी दाहालले बताए ।

९ फाल्गुन २०८०, बुधबार १२:०४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading