29, Apr, 2024

सांसद विनोद चौधरीको पहलमा कुवेतमा वैदेशिक रोजगारको क्रममा अलपत्र परिकी एक महिलाको उद्धार

बागमती भ्वाइस
बागमती भ्वाइस
१ फाल्गुन २०८०, मंगलवार १४:०६ | २ महिना अगाडी

रुपन्देही । कुवेतमा वैदेशिक रोजगारको क्रममा अलपत्र एक महिलाको नेपाली कांग्रेसका नेता एवम् संघीय सांसद विनोद चौधरीको पहलमा उद्धार गरी घर फर्काइएको छ ।

वैदेशिक रोजगारीको क्रममा कुवेत पुगेकी नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम), बर्दघाट नगरपालिका-१४, धर्मबस्ती स्थायी निवासी खगीसरा राहदी मगरलाई सांसद चौधरीको पहलमा उद्धार गरिएका हो ।

सांसद चौधरीको विशेष पहलमा स्वदेश फिर्ता भएकी खगीसरालाई म्यानपावर कम्पनीबाट क्षतिपूर्ति दिलाउन आवश्यक पहल भइरहेको चौधरीको राजनीतिक तर्फका स्वकीय सचिव राजकुमार घिमिरेले जानकारी दिए ।

वैदेशिक रोजगारीको लागि शुभम् ओभरसिज इम्प्लाइमेन्ट प्रा. लि., काठमाडौं, नेपालमार्फत झण्डै २ महिनाअघि मगर कुवेत पुगेकी थिइन् ।

सम्झौता बमोजिमको काममा नलगाइएको र रोजगारदाता कम्पनीले समेत दुःख दिएकोले खगीसरा अलपत्र परी कम्पनीबाट भागेर नेपाली राजदूतावास कुवेतमा शरण लिएको अवस्थामा सांसद चौधरीको पहलमा मगरलाई उद्धार गरिएको हो ।

चौधरीले श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, कुवेतस्थित नेपाली राजदूतावास, म्यानपावर कम्पनीसँग आवश्यक समन्वय गरी मगर स्वदेश फिर्ता गराई उनी आफ्नो घर पुगिसकेकी छन् ।

१ फाल्गुन २०८०, मंगलवार १४:०६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading