15, May, 2024

विराटनगरमा भेटिएको प्रेसर कुकर बम सेनाद्वारा निष्क्रिय: २ जना प्रहरी नियन्त्रणमा

बागमती भ्वाइस
बागमती भ्वाइस
१ फाल्गुन २०८०, मंगलवार १४:४९ | ३ महिना अगाडी

विराटनगर । विराटनगरमा भेटिएको ‘प्रेसर कुकर’ बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

मोरङको थलाहास्थित नेपाली सेनाको भैरव गणबाट खटिएको बम डिस्पोजल टोलीले उक्त बम डिस्पोज गरेको हो ।

विराटनगर महानगरपालिका- ३ स्थित घरेलु तथा साना उद्योग कार्यालय नजिकै शंकास्पद वस्तु भेटिएको थियो । उक्त शंकास्पद वस्तु ‘प्रेसर कुकर’ बम रहेको पुष्टि भएको थियो ।

उक्त बम कहाँ लगेर विस्फोट गराउने योजना थियो भन्ने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । ‘कतै लगेर विस्फोट गराउने योजनासहित बम बनाइएको हुनसक्छ’, प्रहरी स्रोतले भन्यो ।

प्रेसर कुकर बम राखेको घटनामा संलग्न दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको माङ्सेबुङ गाउँपालिका- १ गजुरमुखी घर भइ काठमाडौंको भीमसेनगोलामा डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको याङवरक गाउँपालिका-१ का ३० वर्षीय विपीन अधिकारी रहेका छन् ।

मिश्र र अधिकारी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) महावीर नाम दिएर खडा गरिएको नयाँ भूमिगत संगठनमा आवद्ध रहेको प्रहरीको भनाइ छ ।

१ फाल्गुन २०८०, मंगलवार १४:४९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading