28, Apr, 2024

कोशीमा सत्ता गठबन्धनका बिचमा मन्त्रालय भागबन्डामा कुरा मिल्यो, मन्त्रिपरीषद् विस्तारको तयारी

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ माघ २०८०, मंगलवार ११:२४ | २ महिना अगाडी

विराटनगर । कोशी प्रदेशका सत्तारुढ दलहरूका बिचमा मन्त्रालय बाँडफाँडका विषयमा कुरा मिलेको छ । सत्ता गठबन्धन भित्र मन्त्रिपरीषद् विस्तारका विषयलाई लिएर खटपट बढेपछि मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरीषद् विस्तारको तयारी गरेका छन् ।

सत्ता गठबन्धनमा रहेका दलहरूका बिचमा मन्त्री बाँडफाँडका विषयमा टुङ्गो लागेपछि मुख्यमन्त्री कार्कीले मन्त्री परिषद् विस्तारको तयारी गरेका हुन् ।

मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार माओवादीलाई २ वटा र काङ्ग्रेसले २ वटा मन्त्रालय पाउने गरि सहमति भएको थियो । यस अघि माओवादीलाई एउटा मात्रै मन्त्रालय दिने अडानमा रहेका मुख्यमन्त्री कार्की राष्ट्रिय सभाको चुनावमा माओवादीका उम्मेदवार पराजित भएपछि २ वटा मन्त्रालय दिने अवस्थामा पुगेका हुन् ।

मन्त्री परिषद्को विस्तारको तयारी भए पनि नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मन्त्री केशव कुमार बुढाथोकीको मृत्यु भएका कारण आजलाई भने मन्त्री परिषद् विस्तार नहुने मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ ।

अब विस्तार हुने मन्त्रिपरीसदमा काङ्ग्रेसबाट ओखलढुङ्गाका प्रदीप सुनुवार र उदयपुरका रामकुमार खत्री मन्त्री बन्ने भएका छन् । सुनुवार शेरबहादुर देउवा समूह र खत्री शेखर कोइराला समूहका हुन् ।

यस्तै माओवादीबाट सङ्खुवासभाका राजेन्द्र कार्की र उदयपुरका नारायण बुर्जा मगर मन्त्री बन्ने भएका छन् । कार्की यसअघि उद्धव थापा नेतृत्वको सरकारमा विना विभागीय मन्त्री थिए ।

बुर्जालाई यस अघि नै माओवादीले मन्त्री बनाउने तयारी गरेको थियो । यता, मुख्यमन्त्रीलाई विद्रोह गर्दा साथ दिएकी इन्दिरा थापाले पनि आफूलाई मन्त्री बनाउनुपर्ने अडान राख्दै आएकी छन् । स्रोतका अनुसार उनलाई राज्यमन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ ।

मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार लिलाबल्लब घिमिरेले मन्त्रालय बाँडफाँडका विषयमा कुरा मिलेको बताए । उनले चाँडै मन्त्री परिषद् विस्तार हुने तयारी भएको बताए ।

असोज २७ गते नेकपा एमालेको सहयोगमा मुख्यमन्त्री बनेका कार्कीले यसअघि तीन जनालाई मात्रै मन्त्री बनाएका थिए । उनले बाँकी मन्त्रालय आफैसँग राखेका थिए ।

कार्कीले यसअघि नेपाली काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक÷एक जनालाई मन्त्री बनाएका थिए ।

अहिले कोशी प्रदेशमा काँग्रेसका शमशेर राई, आन्तरिक मामिला तथा कानु नमन्त्री, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण मन्त्री र नेकपा एका कमल जबेगु भौतिक पूर्वाधार मन्त्री बनाएका थिए ।

२३ माघ २०८०, मंगलवार ११:२४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading