20, Jun, 2024

जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई

बागमती भ्वाइस
बागमती भ्वाइस
१६ बैशाख २०८१, आईतवार ०८:४५ | १ महिना अगाडी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठले पाएका छन् ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन शनिबार अमेरिका गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता श्रेष्ठले पाएका हुन् ।

अध्यक्ष यादवले आफू स्वदेश नआउञ्जेलसम्मको लागि कार्यवाहक अध्यक्ष भइ कार्य गर्न श्रेष्ठलाई जिम्मेवारी तोकेका छन् ।

अध्यक्ष यादवको अनुपस्थितिमा नेता श्रेष्ठले नै कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउने गरेका छन् ।

१६ बैशाख २०८१, आईतवार ०८:४५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading