27, Apr, 2024

७० वर्ष पुरानो ऐतिहासिक कथा बोकेको चलचित्र ‘नम्बरी सुन’को सकियो ९० प्रतिशत छायांकन

Bagmati Voice
संवाददाता
७ फाल्गुन २०७९, आईतवार १३:५१ | १ साल अगाडी

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘नम्बरी सुन’को ९० प्रतिशत छायांकन सकिएको छ । सिकाली चौरबाट सुरु भएको छायांकन अहिले लमजुङको भुजुङ्ग गाउँमा १९ औं दिनको छायांकन चल्दैछ ।

गुरुङ समुदायको बसाइ रहेको भुजुङ्गमा पहिलो पटक नेपाली भाषाको चलचित्र छायांकन गरिएको हो । ७० वर्ष पुरानो कथा भएकाले लमजुङको भुजुङ्ग गाउँमै सिनेमा खिच्नु परेको सिनेमाका कथाकार तथा प्रस्तुतकर्ता नारायण खातीको भनाइ छ ।

खातीको कथा तथा प्रस्तुति रहेको सिनेमामा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा काजल गिरी, कंगना गिरी, विमर्ष कुँवर, सक्षम गहतराज, श्रीयान्स खातीलगायतका बाल कलाकारको पनि अभिनय रहनेछ । शिभम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको सिनेमालाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दै छन् ।

‘नम्बरी सुन’मा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछाने नृत्य निर्देशक, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतमराज खड्काको सम्पादन, अशोक रोक्काको मेकअप, मुख्य सहायक निर्देशनमा जीवन गौतम र प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी रहनेछन् । सिनेमामा अभिनेता तथा निर्माता किरण नेपालीले भिलेनको भुमिका निर्वाह गर्दै छन् ।

७ फाल्गुन २०७९, आईतवार १३:५१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading