27, Apr, 2024

सुदूरपश्चिम प्रदेश सभाका यी पदाधिकारी र सांसदले अझै फिर्ता गरेनन् सरकारी सुविधा

Bagmati Voice
संवाददाता
२६ आश्विन २०७९, बुधबार ०९:४४ | १ साल अगाडी

कैलाली । सुदूरपश्चिम प्रदेशका केही प्रदेश सभा सदस्य र पदाधिकारीले आफ्नो कार्यकाल सकिँदा सम्म पनि सरकारी सेवा फिर्ता गरेका छैनन्। यसरी फिर्ता नगर्नेमा उपसभामुख,केही बिषयगत समितिका सभापति, दलका नेता तथा सचेतक र प्रदेश सभा सदस्यहरू छन् ।

सभामुख अर्जुन बहादुर थापाले गाडी, निवास र सुरक्षाकर्मी समेत फिर्ता गर्दा उपसभामुख निर्मला बडाल जोशीले कुनै पनि सुविधा फिर्ता गरेकी छैनन् । सरकारी सेवा अन्तर्गत उनले गाडी, निवासदेखि बडिर्गाड र सुरक्षाकर्मी समेत प्रयोग गरिरहेकी छन् ।

उपसभामुख जोशीले २ जना पिएसो र ६ जना निवासको सुरक्षाका लागि सुरक्षाकर्मीको व्यवस्था गरिएको थियो । उनीहरु अहिले पनि खटिएका छन् । प्रदेश सभा सचिवालयको स्रोतका अनुसार उपसभामुख जोशीले कानुनमै नरहेको एक स्कुटर समेत प्रयोग गर्दै आइरहेकी छन् । त्यो स्कुटर पनि अहिले सम्म फिर्ता गरेकी छैनन् ।

यहाँका चार वटा विषयगत समिति मध्ये विधायन तथा प्रदेश मामिला समितिका संयोजक नेपालु चौधरीले मात्रै सरकारी सुविधा फिर्ता गरेका छन्। सार्वजनिक लेखा समिति सभापति कुमारी नन्दा बम, सामाजिक विकास समितिका सभापति कुन्ती जोशी ,अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापति हर्कबहादुर कुँवरले सवारी साधन फिर्ता गरेका छैनन् ।

सत्ता पक्षका प्रमुख सचेतक, दुर्गा कामी, अक्कलबहादुर रावल र अम्बी कुमारी थापालाई पनि गाडी सुविधा दिइएको छ। प्रमुख प्रतिपक्ष दलका नेता प्रकाश शाहले पनि सोही सुविधा लिँदै आएका छन्। जसमध्ये दुर्गा कामी, लिलाधर भट्ट र अक्कल बहादुर रावलले मात्रै सुविधा फिर्ता गरेका छन्। भने, अम्बीकुमरी थापाको सरकारी पैसामा भाडामा गाडी प्रयोग गर्दै आइरहेकी छन् ।

ती बाहेकका प्रदेश सभा सदस्यहरूले भने प्रदेश सभा सचिवालयमा एक थान ल्याप्टव बुझेका थिए। जसमध्ये हालसम्म वीरमान चौधरी, महेशदत्त जोशी, अक्कल रावल, गोविन्द राज बोहरा, मलमती राना, कृष्णराज सुवेदी, हर्कबहादुर कुँवर, नेपालु चौधरी, गेल्वुसिंह बोहरा, लिलाधर भट्ट, रतन थापा, दीर्घ बहादुर सोडारी, तारा लामा तामाङ, नन्दबहादुर साउँद र अमर साउँदले गरी १७ जनाले मात्रै ल्यापटप प्रदेश सभा सचिवालयमा फिर्ता गरेका छन्।

ल्याप्टप ४६ जनाले बुझेका थिए। बाँकी प्रदेश सभा सदस्यहरूले भने प्रदेश सभा सचिवालयबाट लिएको सुविधा फिर्ता गरेका छैनन्।

२६ आश्विन २०७९, बुधबार ०९:४४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading