27, Apr, 2024

साताको पहिलो दिन आइतबार अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो

Bagmati Voice
संवाददाता
२८ फाल्गुन २०७९, आईतवार १०:०२ | १ साल अगाडी

एजेन्सी । साताको पहिलो दिन आइतबार अमेरिकी डलरको मूल्य १४ पैसाले बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददरमा १३० रुपैयाँ ९७ पैसा र बिक्रीदरमा १३१ रुपैयाँ ५७ पैसा बढेको छ । यसअघि शुक्रवार एक डलरको खरिदमा १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४३ पैसा तोकिएको थियो ।

आइतबारका लागि एक युरोको खरिददर १३८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३९ रुपैयाँ २९ पैसा तोकिएको छ भने यसअघि शुक्रवार भने युरोको खरिददर १३८ रुपैयाँ २९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६९ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ २७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ६७ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९५ रुपैयाँ ९ पैसामा कारोबार भइरहेको छ ।

यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३६ रुपैयाँमा ६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा छ भने मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ९८ पैसा र बिक्रीमा २९ रुपैयाँ ११ पैसा छ ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ २१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १६ पैसा कारोबार हुँदा बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३४९ रुपैयाँमा किनबेच हुनेछ ।

२८ फाल्गुन २०७९, आईतवार १०:०२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading