27, Apr, 2024

सप्तरीको राजविराजमा दिउँसै रक्सी सेवन गरेर सडकमा हंगामा गर्ने प्रहरी जवान निलम्बित, अरु ६ जना पक्राउ

Bagmati Voice
संवाददाता
२८ फाल्गुन २०७९, आईतवार १०:२१ | १ साल अगाडी

जनकपुरधाम । सप्तरीको राजविराजमा दिउँसै रक्सी सेवन गरेर सडकमा हंगामा गरेका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन् ।

शुक्रबार उनले रक्सी सेवन गरेर चेकजाँच गर्न थालेपछि स्थानीयले उनलाई प्रतिवाद गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान रायले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडी सेवारी चेकजाँचको क्रममा विवाद गरेको र अर्धनग्न भई सडकमा दौडिरहेको भिडियो समाजिक संजालमा सार्वजनिक भएको थियो ।

सो घटना पश्चात प्रहरी जवान रायलाई निलम्बन गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार प्रहरीजवानसहित विवाद र दुर्व्यवहार गर्ने घटनामा संलग्न ६ जना व्यक्तिलाई समेत पक्राउ गरिएको छ ।

भिडियो फुटेजको आधारमा पहिचान गरी त्यस घटनामा संलग्न देखिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्ने डिएसपी सिंहले बताए ।

उनीहरुलाई पनि कारबाही गर्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ ।

२८ फाल्गुन २०७९, आईतवार १०:२१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading