27, Apr, 2024

शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्था गम्भीर, किस्टको आईसीयूमा हुँदै उपचार

Bagmati Voice
संवाददाता
२४ आश्विन २०७९, सोमबार १७:३१ | १ साल अगाडी

काठमाडौं । किस्ट अस्पतालले शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर भएकाले आईसीयूमा राखी उपचार भइरहेको जनाएको छ ।

उनको किस्टमा १८ दिनदेखि उपचार भइरहेको छ । अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले गत आइतबार जोशीको छातीमा निमोनिया संक्रमण देखिएपछि एन्टिबायोटिक सुरू गरिएको जानकारी दिए ।

मुटुको चालसम्बन्धी समस्यासमेत देखापरेकाले उनलाई आईसीयूमा राखेर उपचार गरिएको छ ।

१०३ वर्षीय जोशीलाई असोज ७ गते अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा उनमा डेंगीको संक्रमण देखिएको थियो ।

२४ आश्विन २०७९, सोमबार १७:३१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading