27, Apr, 2024

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

Bagmati Voice
संवाददाता
१७ कार्तिक २०७९, बिहीबार १७:४९ | १ साल अगाडी

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् ।

गुजरांवालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । घटनामा अरु ३ ४ जना पनि घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

गोली हान्ने एक जना व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले बताएको छ ।

१७ कार्तिक २०७९, बिहीबार १७:४९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading