26, Apr, 2024

नेकपा एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी

Bagmati Voice
संवाददाता
२१ चैत्र २०७९, मंगलवार १३:५४ | १ साल अगाडी

जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ ।

पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो ।

एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको एमाले सांसद हरिनारायण महतोले जानकारी दिए ।

मधेश सरकारमा चार मन्त्रालय एमालेले लिएको छ ।

एमाले हटेपछि सरकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी छ ।

मधेश प्रदेशमा सबभन्दा ठूलो दल एमालेका २३ सांसद छन् ।

२१ चैत्र २०७९, मंगलवार १३:५४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading