26, Apr, 2024

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

Bagmati Voice
संवाददाता
१२ मंसिर २०७९, सोमबार १३:१६ | १ साल अगाडी

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९७ हजार पाँच सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार तीन सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ तोकिएको महासङ्घले जनाएको छ ।

१२ मंसिर २०७९, सोमबार १३:१६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading