27, Apr, 2024

कतार विश्वकपमा सबैभन्दा बूढो टिम अर्जेन्टिना, सबैभन्दा युवा अमेरिका

Bagmati Voice
संवाददाता
१ मंसिर २०७९, बिहीबार ०७:५२ | १ साल अगाडी

काठमाडौं । कतार विश्वकपमा सबैभन्दा बूढो टिम अर्जेन्टिना रहेको छ।टोलीका रहेका खेलाडीको उमेरका हिसाबले सबैभन्दा बूढो टोली अर्जेन्टिना देखिएको छ।

अर्जेन्टिनी टोलीमा रहेका २६ खेलाडीको औसत उमेर २७.७ वर्ष रहेको छ। टोलीमा रहेका कप्तान लियोनल मेस्सी र तीनै जना गोलकिपरसहित ९ जना कम्तिमा ३० वर्ष उमेरका छन्।

सबैभन्दा कान्छा खेलाडीका रुपमा २१ वर्षीय मिडफिल्डर एन्जो फर्नान्डेज छन्। ६ जना २४ वर्षका खेलाडी छन्। २२ र २३ वर्षका पनि एक एक खेलाडी छन्।

कतार विश्वकपको सबैभन्दा युवा टोली भने अमेरिका रहेको छ। टोलीमा रहेका खेलाडीको औसत उमेर २४.५ वर्ष रहेको छ।

टोलीमा कम्तिमा ३० वर्ष उमेरका ३ जना खेलाडी छन्। २५ वा सोभन्दा कम उमेरका खेलाडीको संख्या १५ रहेको छ। यस्तै २० वा सोभन्दा कम उमेरका ३ जना छन्।

१ मंसिर २०७९, बिहीबार ०७:५२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading