26, Apr, 2024

ओखलढुंगाको दियालेमा जिप दुर्घटना २ जनाको मृत्यु, ११ घाइते

Bagmati Voice
संवाददाता
२१ फाल्गुन २०७९, आईतवार १०:११ | १ साल अगाडी

काठमाडौ । काठमाडौ ओखलढुंगाको चिसंखुगढी नगरपालिका-३ दियालेमा आइतबार बिहान एउटा यात्रुबहाक बोलेरो जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएकोछ।

घटनास्थलमा रहेका पत्रकार लीलाराम खड्काका अनुसार सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेका थिए।

घटनामा परी ओखलढुंगाको चिसंखुगढी नगरपालिका-३ का स्थानीय भक्तबहादुर थापा र मिन बहादुर श्रेष्ठको मृत्यु भएको हो।

घटनामा परी घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।

२१ फाल्गुन २०७९, आईतवार १०:११ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading