27, Apr, 2024

एमाले काठमाडौं १ (ख)मा किन ? उज्जन कुमार श्रेष्ठको उम्मेदवारी

Bagmati Voice
संवाददाता
१९ भाद्र २०७९, आईतवार ११:३५ | १ साल अगाडी

काठमाडौं । यहि २०७९ साल मंसिर ४ गते सम्पन्न हुन गैरहेको प्रतीनिधी सभा र प्रदेश सभा निर्बाचनमा उम्मेद्वारको लागि उमेरद्वार सिफारीस गर्ने प्रकृया भैरहेको छ ।
काठमाडौं जिल्ला १ (ख) क्षेत्रबाट उज्जन कुमार श्रेष्ठ प्रत्यक्ष तर्फको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाण्डौं क्षेत्र नं. – १, प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटि – १ (ख) द्वारा सिफारिस गरिएको छ ।
विद्यार्थी जीवन २०३६ साल देखि नै निरन्तर रुपमा नेपाल कम्युनिष्ट पार्टीमा सक्रिय रुपमा लाग्दै आउनु भएका उज्जन कुमार श्रेष्ठले २०५२ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संगठित सदस्यता प्राप्त गरेका हुन ।
२०५४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको वर्चष्व रहेको हाल रामेछाप नगरपालिका वडा नं. ३, साँघुटारको वडा अध्यक्षमा प्रत्यक्ष निर्वाचनमा निर्वाचित भै आफ्नो कार्यकालमा विभिन्न रचनात्मक एवम् सरहाननिय कार्य गरी जनताको मन जित्न सफल भईसकेका छन ।

उज्यालो वडाको परिकल्पना सहित १ घर एक सोलार, एक घर एक बायोग्याँस ल्पान्ट, एक घर एक धारा अवधारणा सहित आकषर्क तथा अति आवश्यकिय कार्यहरु संचालन र सम्पन्न गरी जनताको मन जित्न सफल हुनु भएका साथै समाजमा आवश्यक अन्य नेतृत्वदायी भमिका निभाइ सकेका एक सक्षम र सवल नेतृत्व दिन सक्ने व्यक्तित्व हुन हुनुहुन्छ श्रेष्ठ ।
२०४५ साल देखि साविक वडा नं. ३४ हाल वडा नं. ३१ मा घर निर्माण गरी २०५७ साल देखि हालसम्म निरन्तर बसोबास गरी काठमाण्डौं महानगरपालिका वडा नं. ३४ वडा पार्टी कमिटी सदस्यको भूमिकामा निर्वाह गरिसकेका श्रेष्ठ, नेकपा एमाले काठमाण्डौं क्षेत्र नं. १ निर्वाचन क्षेत्रीय कमिटी काठमाण्डौंको सचिव जस्तो गरिमामय पदमा निर्वाचित भई उपत्यका विशेष समन्वय कमिटी अन्तरगत २०६८।४।२ मा गठित प्रकृति श्रोत व्यवस्थापन विभागमा मनोनित भै पार्टीको काममा निरन्तर लागि रहनु भएको इतिहास छ श्रेष्ठसँग ।
त्यसैगरि श्रेष्ठले २०७७ सालबाट काठमाण्डौं जिल्ला कमिटीको सदस्य पदमा मनोनित हुनु भएको थियो । २०७८ साल पुष २३ र २४ गते काठमाण्डौं जिल्ला सम्मेलनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भै हाल काठमाण्डौं जिल्ला क्षेत्र नं. १ बागमती प्र्रदेश (ख) को संयोजकको भूमिका निर्वाह गर्दै आउनु भएको छ । नेकपा एमाले काठमाण्डौं जिल्ला पार्टी कमिटी भवन निर्माण विभागमा समेत रही सक्रिय रुपमा पार्टी काममा लागि रहनु भएको छ ।
नेकपा एमालेमा सक्षम, सवल नेतृत्वको धनी मानिएका उज्जन कुमार श्रेष्ठ आगामी २०७९ मंसिर ४ गते हुन गैरहेको प्रदेश सभाको निर्वाचनमा बागमति प्रदेश काठमाण्डौं क्षेत्र नं. १ (ख) मा नेकपा एमालेको तर्फबाट टिकट प्राप्त भएमा युवा, विद्यार्थी, बुद्धिजिवी, महिला, व्यापारी, समाजसेवी लगायत अव्यवस्थित बसोबास गर्ने जनसमुदायहरुलाई समेट्दै दुरगामी भावी योजना बनाई सम्पूर्ण प्रदेशबासीलाई सबल र सक्षम बनाउन पार्टीको निर्देशनात्मक कार्यको कदर गर्दै अघि बढ्ने दुरदृष्टी भएको सक्षम नेता हुनु हुन्छ ।
उहाँको हालको परिपेक्षलाई सुहाउँदो दुरगामी योजनालाई पार्टीले स–सम्मान साथ दिन जरुरी देखिन्छ । उहाँको क्रियाशिलता र उहाँ भित्र रहेको पार्टी प्रतिको वफादारिता प्रति पार्टी पंक्तिले उच्च मूल्यांकन गर्न जरुरी भएको नेता कार्यकर्ताहरुको माग रहेको छ ।
उहाँ एक सामाजिक अभियन्ता एवं जनताको आशालाग्दो र भरपर्दो नेतृत्वको धनि भएको कारण अन्य पार्टीका मित्रहरु समेत समेट्न सक्ने क्षमता उहाँमा छ । विगत लामो समय देखि बागमति प्रदेश काठमाण्डौं क्षेत्र नं. १ (ख) को विभिन्न संघ संस्था, टोल विकास समितिको सफाई अभियन्ताको अग्रणी भूमिका निर्वाह गरिरहनु भएको छ ।
उहाँका अन्य उदाहरणीय कार्यहरु मिनभवन सेवा सदन किरिया पुत्री भवन निर्माण तथा संचालन, गणेश मन्दिर र मन्दिरमा पार्क, निर्माण संचालन तथा टोलमा आई पर्ने भौतिक पूर्वाधारको निर्माण मर्मत, सिसिटिभी क्यामेरा, सडक बत्ति, कौशीखेती, स्वास्थ्य र ट्राफिक सम्बन्धि जनचेतना मुलक तथा समाजको शान्ति सुरक्षा सम्बन्धी कार्यहरुमा अग्रणी भूमिका निर्वाह गरिसक्नु भएको छ ।
जनतासंग प्रत्यक्ष सरोकार राख्दै जनतासंग जोडिएर जनताको मर्म भाव बुझ्दै अगाडि बढ्ने सक्षम र सबल नेताको रुपमा चिनिनुहुन्छ । यदी पार्टीले विश्वास गरेको खण्डमा पार्टीको समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई साकार पार्न नयाँ सोच नयाँ विचारलाई परिचालन गर्ने अठोटका श्रेष्ठमा छ ।
श्रेष्ठका पाँच बटा सूत्रबत योजनाहरु रहेका छन । १) फोहर उत्पादन जहाँ हुन्छ विसर्जन त्यही गर्ने कार्यनीति २) सम्पूर्ण मतदाताहरुको लागि स्वास्थ्य विमा ३) जनताको लागि सर्वसुलभ प्राविधिक–शिक्षा ४) कृषि र पशुको उत्पादनमा कृषकलाई उत्पादनमा अनुदान दिने कार्यनीति ५) युबाहरुको लागि रोजगारको बाताबरण श्रृजना गर्ने कार्यनिती जस्ता कार्यहरु गर्ने गरी चुनावमा जान तयार रहेको श्रेष्ठले हामिसँगको कुराकानीमा बताउनु भएको हो ।

१९ भाद्र २०७९, आईतवार ११:३५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading