27, Apr, 2024

उम्मेदवार भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

Bagmati Voice
संवाददाता
२३ कार्तिक २०७९, बुधबार १३:४६ | १ साल अगाडी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनमा दुःख व्यक्त गरेका छन् ।

मोरङ ३ (१) का कांग्रेस उम्मेदवार समेत रहेका थापाको निधनले आफू स्तब्ध भएको देउवाले बताएका छन् ।

वनमन्त्री थापाको बुधवार बिहान नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएका हो ।

‘प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री एवं मोरङ क्षेत्र नम्बर ३ ९१० का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाजीको निधनको खबरले स्तब्ध भएको छु । उनको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले जारी गरेको शोक सन्देशमा भनिएको छ ।

थापा २०७४ सालमा समानुपातिक सांसद निर्वाचित भएका थिए । यो पटक उनलाई पार्टीले प्रदेशमा प्रत्यक्षतर्फको टिकट दिएको थियो ।

२३ कार्तिक २०७९, बुधबार १३:४६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading