26, Apr, 2024

उपराष्ट्रपति भएपछि पहिलो पटक गृहजिल्ला पुगे रामसहायप्रसाद यादव

Bagmati Voice
संवाददाता
१२ चैत्र २०७९, आईतवार १२:५९ | १ साल अगाडी

जनकपुरधाम । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बाराको सिमरा एयरपोर्टमा भव्य स्वागत गरिएको छ । उपराष्ट्रपति भएपछि उनी पहिलो पटक मधेस झरेका हुन् ।

उपराष्ट्रपति यादवलाई एयरपोर्टमै पुगेर मधेसका मुख्यमन्त्री सरोजकुमार यादव र जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् । गढीमाई मन्दिरमा दर्शनपश्चात उनी दुई दिन गृहजिल्ला बारामा बिताउने बुझिएको छ ।

जनता समाजवादी पार्टीले यादवलाई उपराष्ट्रपति बनाएपछि उनको क्षेत्र बारा २ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्यहाँबाट जसपा अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने चर्चा चलिरहेका बेला उपराष्ट्रपति यादव आफ्नो पूर्व निर्वाचन क्षेत्र पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अध्यक्ष यादव चुनाव लडेपछि जित्ने वा नजित्ने विषयमा जसपाले आन्तरिक रुपमा सर्वेक्षण गरिरहेको स्रोतको दाबी छ । साथै जसपाले सो क्षेत्रमा चुनाव लक्षित कार्यक्रमहरु पनि गरिरहेको छ ।

१२ चैत्र २०७९, आईतवार १२:५९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading