27, Apr, 2024

अहिले नै पार्टी कतै लगेर मिसाई हाल्ने भन्ने होईन, नीति बिचार मिले एकता गर्ने होः सचिव, ईश्वर रिजाल “शुशिल”

Bagmati Voice
संवाददाता
१४ माघ २०७९, शनिबार १६:१७ | १ साल अगाडी

ईश्वर रिजाल “शुशिल”नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यालय प्रमुख एवं केन्द्रिय समितिको सचिव हुनुहुन्छ । पार्टी भित्र प्रस्तवक्ताको रुपमा परिचित रिजाल संगठनमा बैचारिक र संगठानिक दुबै हिसाबले अत्यन्त उर्जाशिल व्यक्तित्व हुनुहुन्छ । पार्टीभित्र अत्यन्त सक्रिय र इमान्दार युवा नेताको छबि बनाउन सफल रिजालसँग नेपाल समाजवादी पार्टीको पछिल्लो राजनीतिक समितिको बैठक र त्यसले गरेका निर्णय तथा समाजवादी केन्द्र निर्माणमा भैईरहेका पहलको सेरोफेरोमा रहेर गरिएको कुराकानीको सम्पादित अंश ः

० तपाई नेपाल समाजवादी पार्टीको केन्द्रीय सचिब हुनु हुन्छ , तपाईहरुको पार्टीको राजनीतिक समितीको बैैठक हालै सम्पन्न भएको छ ,बैठकबाट के कस्ता निर्णय गर्नु भयो ?

राजनीतिक समितीको हालै सम्पन्न बैठक मुलत दुई तीनवटा बिषयमा केन्द्रित रहेर छलफल ग¥यो । राजनीतिक समितीको बैठकमा एउटा त चुनाबी समिक्षा भयो । अर्काे बैठकमा पार्टी अध्यक्ष एव पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले पेश गर्नु भएको आगामी कार्यभार सम्बन्धि जुन दस्तावेज थियो त्यस उपर गम्भिर छलफल गरी उक्त प्रतिवेदन पारीत गरियो । उहाँले पेश गरेको दस्ताबेजमा समाजवादी ध्रुविकरण आजको आबश्यकता भन्ने शिर्षक थियो । राजनीतिक समितीका सबै सदस्यले उक्त दस्ताबेज उपर आ—आफ्नो धारणा राख्नु भयो । गहन छलफल पछि बैठकले दस्ताबेज पारीत ग¥यो । यसैगरी बैठकमा संगठानिक बिषयहरु उपर पनि छलफल गर्दै पार्टी निर्माण र बिस्तारमा जोड् दिने कमिटीहरुलाई सक्रिय बनाउने बिचार मिल्नेहरुसँग एकता गर्ने जस्ता बिषय पनि पारित भएका छन् ।

० राजनीतिक समितीको बैैठकमा आफ्नै पार्टी चलाउने गरी भाबि योजना बनाउने भन्दा पनि समाजवादी केन्द्र बनाउने बिषयमा बढी केन्द्रीत भयो भन्ने चर्चा छ नि ?

अबश्य पनि अध्यक्षको दस्तावेज नै समाजवादी केन्द्र निमार्ण गर्ने भनेर आए पछि यो बिषयमा गहन छलफल हुने नै भयो । तर यहाँले प्रश्न गर्नु भए जस्तो अहिले नै पार्टी कतै लगेर मिसाई हाल्ने भन्ने होईन ।समाजवादी केन्द्र निमार्ण अहिलेको आवश्यकता हो भन्ने कुरामा पार्टी नेतृत्व देखि पार्टीको राजनीतिक समितीको ठम्माई र¥यो । त्यसैले समाजवादी केन्द्र निर्माणका निम्ती पहल गर्नु पर्दछ भन्ने हो । माओबादी केन्द्र पनि समाजवादी केन्द्र निर्माण गर्नु पर्दछ भन्ने पक्षमा छ । चुनाब अघि प्रचण्ड र बाबुराम भट्टराई बिच बिगतको गम्भिर समिक्षा भएको छ । उहाँहरु बिच भएको अनौपचारीक कुराकानीमा प्रचण्डले आवश्यक परे चुनाब चिन्ह र माओबादी नाम फेर्न समेत सहमत हुनु भएको सुनेको छु । माओबादीले पनि बिभिन्न पार्टीसंग पार्टी एकताको निम्ती गृहकार्य गर्न बार्ता समिती पनि बनाएको छ । त्यसैले हामीले समाजवादी केन्द्र बनाउन राजनीतिक समिती बाट सोही अनुरुपको दस्ताबेज पारीत गर्दै त्यसका निम्ती अन्य पक्ष संग बार्ता गर्न भनेर पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठको संयोजकत्वमा पार्टी उपाध्यक्ष दुर्गा सोप र महामन्त्री रमेश यादब रहेको बार्ता समिती पनि बनाएका छौ । बार्ता हुन्छ तर तुरुन्तै लगेर कतै बुझाउने भन्ने होईन । कसैको बुझाई तुरुन्तै कतै लगेर बुझाउने भन्ने छ भने त्यो गलत बुझाई हो । नीति बिचार मिलेमा एकता हुन्छ ।

०् समाजवादी केन्द्र बनाउने भनेर त पारीत गर्नु भयो त्यस बिषयमा अन्य पहल के के भएका छन ?

हाम्रो पार्टी नेपाल समाजवादी पार्टीले त पाटीको राजनीतिक समिती बाट सोही अनुरुपको दस्ताबेज पारीत गर्दै त्यसका निम्ती अन्य पक्षसंग बार्ता गर्न भनेर पार्टीका सह अध्यक्ष गंगानारायण श्रेष्ठको संयोजकत्वमा पार्टी उपाध्यक्ष दुर्गा सोप र महामन्त्री रमेश यादब रहेको बार्ता समिती बनाएको कुरा मैले माथिनै भनि सके । उक्त समितीका सदश्यहरु र माओबादीको बार्ता समिती बिच भेटघाट भए र दस्ताबेज आदन प्रदान भएको छ । उहाँहरु बिच दुई पटक छलफल भईसक्यो । त्यसै गरी आमआदमी पार्टी बनाउनु भएका प्रभुशाह,नागरीक उन्मुरिक्त पाटीका रेशम चौधरी लगायत संग पनि भेटघाट र छलफल भईरहेको छ । हामीले आन्तरीक तयारी पनि गरीरहेका रहेका छौ । जनता समाजबादी पार्र्टीबाट अलग भएर नेपाल समाजवादी पार्टी बनाए पछि केही प्रदेश , जिल्ला र जनबर्गीय संगठनको अध्याबधीक गर्नु पर्ने थियो । आन्तरीक रुपमा त्यो काम गरी रहेका छौ । आन्तरीक तयारी र बाह्य पहल दुबै गरी रहेका छौ ।

० केही बर्ष अघि डा बाबुराम भट्टराईले माओबादी पार्टीबाट छाड्दा माओबादी पार्र्टी रातो स्टीकर भएको घर भन्दै बाहीरीनु भएको थियो अहिले उक्त घर बलियो भएको हो कि बाबुराम भट्टराईले बैकल्पिक शक्ति बनाउन सकिएन भने र पछि फर्कनु भएको हो ?

यो दुबै सत्य होईन । हाम्रो पार्टी नेपाल समाजवादी पार्टी माओबादीमा बिलय हुने खालले जुन प्रचार भयो त्यो सत्य होईन । नीति बिचार मिलेमा एकता गर्दछौ भनेका हौ । त्यसै गरी यो दुई पार्टी बिचको मात्र एकता भन्दा पनि समाजवादी केन्द्र बनाउने पहल हो । जस्मा आमआदमी पार्टी बनाउनु भएका प्रभु शाह नागरीक उन्मुरिक्त पाटीका रेशम चौधरी एमालेबाट अलग भएका साथीहरु लगायत संग पनि भेटघाट छलफल गरी बृहत समाजबादी ध्रुबीकरणको पहल गर्ने भनेका हौ । जसमा माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी,सहितका अन्य शक्तिहरुसँग पनि कुरा गर्ने भनेका हौं । त्यसैगरीे बाबुराम भट्टराई बैकल्पिक शक्ति बनाउन सकिएन भनेर पछि फर्कनु भएको पनि हौईन ,नयाँ शक्ति बनाउँदा त्यसको बैचारीक आधार पाँच स थियो । त्यो यथावत छ , शुशासन , सामबेसीता , समृद्धी , संघियता , समाजबाद नै हाम्रा बैचारीक आधार हुन । ती अहिले पनि यथाबत छन् । जहाँसम्म माओवादीसँगको कुरा छ,चुनाब अघि दुबै नेता बिच बिगतको गम्भिर समिक्षा भएको छ । त्यसमा बिगतका गल्ति सच्चाउन दुबैै नेताहरु सहमत हुनु भएको छ । कार्यकारी राष्ट्रप्रमुख ,पुर्ण समानुपातिक ससदको मुद्धा मान्न प्रचण्ड तयार हुनु हुन्छ । त्यसै गरी आवश्यक परे चुनाब चिन्ह र माओबादी नाम सम्म फेर्न पनि उहाँहरु सहमत हुनु हुन्छ भन्ने सुनेको छु । यी सबै कुरा मान्नु भनेको माओबादी पनि रुपान्तरण हुनु हो । त्यसैले रातो स्टीकर टाँसेको घरमै फर्किने वा बैकल्पिक शक्ति निर्माणको अभियान छाडेको भन्ने अर्थमा बुझ्नु उचित हुँदैन ।

० आमआदमी पार्टी बनाउनु भएका प्रभुशाह नागरीक उनमुक्ति पार्टीका रेशम चौधरी एमालेबाट अलग भई एकिकृत समाजबादीका माध नेपालहरुसंग पनि धुब्रीकरण गर्ने भन्नु भयो उहाँहरुसंग पनि कुराकानी भएको छ छैन ?

कुराकानी सबै पक्षसंग भएको छ । मैले सुने अनुसार उहाँहरुसंग डा. बाबुराम भट्टराईले पनि भेटनु भएको छ । पछिल्लो समय माआबादी पार्टीले एमालेसंग मिलेर सरकार बनाए पछि एकिकृत समाजबादीका माधव नेपालहरु अलि बेखुस हुनु हुन्छ भन्ने सुनेको छु । तै पनि कुराकानी हुन्छ । सल्लाह गर्दै जाउ भन्नु भएको छ । मलाई लाग्दछ यी सबै पक्ष बिच सर्ब पक्षिय छलफल पनि हुन्छ ।

० राजनीतिक समितीको बैठकमा चुनाबी समिक्षा पनि भयो भन्नु भयो , ब्यवहारत तपाईहरुका केही प्रतिनिधि जनता समाजबादी पार्टीमा हुनुहुन्छ, केही माओबादीको चुनाब चिन्ह लिएर चुनाब लडी माओबादीको सांसदका रुपमा हुनुहुन्छ , त्यसको समिक्षा कसरी गर्नु भयो ?

एउटा पार्टीले अर्काे पाटीको चुनाब चिन्ह लिएर संयुक्त रुपमा चुनाब लड्ने अभ्यास पुरानै हो । पहिला नयाँशक्ति हुँदा पनि हामीले हाम्रो आखाँ चुनाब चिन्ह हुदाँ हुदै े प्रदेश दुईमा हसिया र अन्त मसाल चुनाब चिन्ह लिएर चुनाबमा भागलिएका थियौ । अहिले पनि आयोगमै निबेदन दिएर माओबादीको चुनाब चिन्ह गोलाकार भित्रको हसिँया हथौडा लियौ । यो कानुनी रुपमा मिल्ने अभ्यासनै हो । त्यसै गरी हामीले प्रदेशमा प्रत्यक्षतर्फ चार जना उम्मेदवार उठाएका थियौ । यसमा दुई जना बिजय हुनु भयो । प्रतिनिधि सभामा दुई जना उठाएकोमा एक जना बिजयी हुनुभयो। प्रत्यक्ष चुनावमा हाम्रो उम्मेदबारको पचास प्रतिशत जित छ । तर समानुपातिकमा भने जस्तो भएन प्रतिनिधि सभामा एकजना समानुपातिकमा निर्वाचित हुनु भए पनि प्रदेशसभामा हुनु भएन यो कमजोर पक्ष र¥यो । त्यस्तै ख्याल गर्नु पर्ने के छ, भने हामी गठबन्धन बनाएर चुनाबमा गएका थियो । त्यो ठिकै थियो भन्ने छ ।

० अन्त्य तिर जाऔ अहिलेको सरकारको समिक्षा कसरी गर्नु हुन्छ ?

सरकार त अलि नौरंगीनै छ । नेपालमा यो अलि नयाँ प्रयोग पनि हो । यहाँ पहिलो पार्टी काँग्रेस, दोस्रो पार्टी एमाले छाडेर तेस्रो पार्टी माओवादीको नेतृत्मा सरकार बन्ने जुन अबस्था आयो यो अलि नौलो हो । यो अवस्था आउनुमा मुख्यत काँगे्रसको जिद्धिपनले काम ग¥यो । उस्ले पहिलो कार्यकाल आफ्नै पार्टीको प्रम बन्नु पर्ने अडान राख्यो यही बीचमा प्रचण्डको चलाखीले काम गरेको देखिन्छ । प्रचण्डले प्रधानमन्त्रीमा बिश्वासको मत लिने बेलामा पनि चलखेल भए तर राम्रै पहल गरे पछि अन्त्यमा काग्रेसले पनि मत दियो । सम्भवत काँग्रेसले विस्वासको मत दिने बाताबरण बनाउन बाबुराम भट्टराईको पनि भुमिका रहयो ।

० माओबादी गणतन्त्र मान्ने राप््रापा राजतन्त्र मान्ने रास्वपा संघियता नमान्ने बिच कसरी गठबन्धन सम्भव भयो ?

अहिलेको संंसदमा कसैको पनि बहुमत नभएकोले बहुमत पुराउन यसो गर्नु परयो । अहिले संसदनै यस्तैछ के गर्ने ? यो सबै संसदमा दलहरुको जुन संख्यामा उपस्थिति छ त्यसको बाध्यता हो ।

१४ माघ २०७९, शनिबार १६:१७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading