19, May, 2024

मधेश झरेर रवि लामिछानेले भने, ‘मान्छे बेचेर नअघाएकाहरू चुरे बेचेर अघाउने कोसिस गर्दैछन्’

बागमती भ्वाइस
बागमती भ्वाइस
१० मंसिर २०८०, आईतवार १६:३५ | ५ महिना अगाडी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुरे मास्ने षड्यन्त्र भइरहेको बताएका छन् । सप्तरीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै चुरो मधेशको ज्यान, सान र भविष्य भएको बताए ।

उनले भने, ‘हामीसँग चुरेजस्तो सम्पत्ति छ । अब मान्छे बेचेर नअघाएकाहरु अब चुरे बेचेर अघाउने कोसिस गरिरहेका छन् । खबरदार चुरे चलायो भने हामी यहाँ खबरदारी गर्न बसेका छौं । मधेशको ज्यान, सान र भविष्य हो चुरे । हाम्रो होइन आउँदो पुस्ताको लागि हो चुरे । चुरेमा आँखा लगाउँने होइन । मान्छे बेचेर कमाएको पैसाले नपुगेर अब चुरेबाट दोहन गरेर यहाँका प्राकृतिक स्रोत साधनलाई ध्वस्त पारेर कसैलाई पोस्नको लागि भित्रभित्रै सम्झौता गर्ने चाल थाहा पाएका छौं हामीले ।

पुराना दलहरुको दबदबालाई अटेर गरेर घण्टी बजाउँदै आफूहरुले साहशिक कदम चालेको दाबी गरे ।

उनले भने, ‘हामीलाई हाम्रो प्रवाह छैन । हामी अब परिवर्तन गरेरै छाड्ने आँटका साथ आएका छौं । कुनै पनि देशमा परिवर्तन हुनका लागि एउटा पुस्ताले त्याग गर्नैपर्छ । त्यसका लागि हामी तयार आएका छौँ ।’

१० मंसिर २०८०, आईतवार १६:३५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading