24, Jun, 2024

प्रतिनिधि सभाको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित

बागमती भ्वाइस
बागमती भ्वाइस
४ जेष्ठ २०८१, शुक्रबार १५:१२ | १ महिना अगाडी

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। आज बिहान ११ बजे बस्ने गरी बोलाएको बैठक बस्दै नबसी आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ।

हिजो बसेको बैठकमा कांग्रेस र एमालेका सांसदहरूबिच धकेलाधकेल भएपछि आज ११ बजेका लागि बैठक बोलाइएको थियो। तर, दलहरुबीच कुरा नमिल्दा बैठक बस्न सकेन।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटमलाइन बनाएको छ । तर, सहकारी प्रकरणमा समिति गठन हुने विषयमा सहमतिको सम्भावना कमजोर बन्दै गइरहेको छ ।

सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई छलफलको लागि आज बालुवाटार बोलाएका छन्।
त्यसअघि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछाने गरेका थिए ।

४ जेष्ठ २०८१, शुक्रबार १५:१२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading