24, Jun, 2024

बहिर्गमनको आक्रोश सदनमा पोखेर कांग्रेसले अराजकता देखायो : मन्त्री भण्डारी

बागमती भ्वाइस
बागमती भ्वाइस
४ जेष्ठ २०८१, शुक्रबार १६:०० | १ महिना अगाडी

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कांग्रेसको सत्ता बहिर्गमनको आक्रोश सदनमा पोखिरहेको बताएका छन् ।

धनगढीमा प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले कांग्रेसले गरेको क्रियाकलाप प्रति खेद जनाएका छन् ।

‘संसदीय मर्यादा भुलेर कांग्रेसले सत्ता बिमुख भएको आक्रोश पोखिरह्यो, त्यति मात्रै होइन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमणमै उत्रेर कांग्रेस झन अराजक बन्यो, यो खेदजनक छ’, भण्डारीले भने ।

उनले कुनै एक व्यक्तिप्रति नभइ सबै प्रति छानबिन गर्नुपर्ने बताए ।

‘सहकारी पीडित देशभरी कति छन् उहाँहरुका समस्या समाधानप्रति काग्रेंसलाई चिन्ता छैन, मात्रै एकजना गृहमन्त्रीमाथि आक्रमण गरिरहेको छ, सहकारीको सबै समस्या हल गर्न समिति गठन गर्ने र ऐन संशोधन सम्ममा कांग्रेस तयार हुनुपर्छ, सबै क्षेत्रको समितिले अनुसन्धान गर्छ जो दोषी हुन्छ कारबाही भोग्छ नि, तर यसरी व्यक्तिमाथि आक्रमणले समस्या समाधान हुँदैन ।

मन्त्री भण्डारीले आगामी आर्थिक वर्षका लागी सरकारले ल्याएको नीति तथा कार्यक्रमबाट प्रतिफल देखाउने गरी दिशा निर्देश गरेको बताए ।

‘हामीले ल्याएको नीति तथा कार्यक्रमबाटै सरकारको लक्ष्य स्पष्ट भइसकेको छ, यो नीति तथा कार्यक्रमले सम्भावनाको आश जगाएको छ, त्यो अनुसारको बजेट आउँछ, विशेष गरी कर्णाली र सुदूरपश्चिमलाई सन्तुलन कायम हुने गरी यस पटकको बजेट आउनुपर्छ भनेका छौँ, यहाँको गरिबीलाई कम गर्ने गरी बजेट आउँछ’, मन्त्री भण्डारीले भने ।

उनले समय आएपछि सुदूरपश्चिम सरकारमा एमाले सहभागी हुने जनाए ।

४ जेष्ठ २०८१, शुक्रबार १६:०० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading