18, May, 2024

एमाले बागमती अधिवेशन: अध्यक्षमा सहमति गर्ने अध्यक्ष मण्डलको प्रयास असफल

Bagmati Voice
संवाददाता
१० आश्विन २०८०, बुधबार १४:१४ | ७ महिना अगाडी

काठमाडौं । नेकपा एमालेको काठमाडौंमा जारी प्रथम अधिवेशनको अध्यक्षको लागि गरिएको सहमति प्रयास असफल भएको छ ।

अध्यक्ष मण्डलका अध्यक्ष एवम् एमाले बागमती प्रदेश इन्चार्ज गुरु बरालको संयोजनमा अध्यक्षका प्रत्यासीसहितको बैठकमा सहमति जुटन नसकेको हो ।

अध्यक्ष मण्डलका अध्यक्षले सहमतिको लागि उम्मेदवारहरुसँग गरेको छलफलले मुर्त रुप लिन नसकेपछि निर्वाचन हुने करिव निश्चित बनेको हो ।

बैठकमा रहेका अध्यक्षको चर्चा गरिएका दुबै केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले एकजना मात्र केन्द्रीय सदस्यलाई फिर्ता गराएर सहमति हुन नसक्ने अडान लिएका थिए । यस अघि लुम्बिनीमा भएको अधिवेशनमा केन्द्रीय सदस्य नै उम्मेदवार बनेपछि बागमतिमा केन्दीय सदस्यलाई ब्याक गराउने प्रयास असफल भएको हो ।

बैठकमा उपस्थित भएका दुबै केन्द्रीय सदस्य निर्वाचनमा लडे एक आपसमा लड्ने र छाडे एकैसाथ छाड्ने अडानमा बसेपछि अध्यक्ष मण्डलले गरेको सहमति प्रयास विफल भएको हो ।

हाल जिल्ला तहमा सदस्यहरुको सहमति प्रयास जारी छ । सहमति प्रयासको कारण बिहान ११:३० बाट सुरु हुने भनिएको मनोनयन प्रक्रिया सुरु भएको छैन ।
पार्टी केन्द्रीय कार्यालयको आदेश भन्दै इन्चार्ज गुरु बरालले अध्यक्ष र सचिवलगायत पदाधिकारीमा नाम पेश गरेपछि अन्य नेता र उम्मेदवार नमानेको स्रोतले जनाएको छ । यसअघि महासचिव शंकर पोखरेलकै नेतृत्वमा पनि सहमतिको पहल भएको थियो ।

तर एउटा व्यक्तिका लागि सहमतिको प्रयास नमान्ने भन्दै उम्मेदवारका आकांक्षीले कार्यकर्ताको मतादेश मान्ने बताएर चुनावी अभियान थालेका छन् ।

अध्यक्षमा अन्तिममा कैलाश ढुंगेल र कृष्ण प्रसाद दाहाल मैदानमा रहने देखिएको छ । केन्द्रीय कार्यालयले ढुंगेललाई सर्वसम्मत बनाउन खोजेको थियो ।

१० आश्विन २०८०, बुधबार १४:१४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading