
काठमाडौं । ऋण लिएर समयमै भुक्तानी नगर्ने ७० वटा सहकारी संस्थाहरूलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कर्जा तिर्न भन्दै ३५ दिनको म्याद दिएको छ ।
कोषबाट लिएको कर्जा तिर्न नआएपछि ति सहकारीलाई सुचना प्रकाशित गरेर ऋण तिर्न आउन भनेको हो । कोषबाट थोक कर्जा लिएका ७० सहकारी संस्थाहरुले कर्जा चुक्ता नगरेकोले ३५ दिनभित्र बुझाउनुपर्ने साँवा, ब्याज र हर्जना सहितको सम्पूर्ण रकम बुझाउन बुधबार सूचना प्रकाशित गरेको छ ।
कोषले प्रकाशित गरेको सूचनामा भनिएको छ ,‘युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा सम्झौता गरी लिएको ऋण आजको मितिसम्म पनि चुक्ता नभएकोले आजको मितिले ३५ दिन भित्र कोषलाई बुझाउनु पर्ने साँवा, ब्याज र हर्जना सहितको सम्पूर्ण रकम बुझाउनका लागी यो सूचना प्रकाशित गरिएको छ’ ।
यदि तोकिएको समयमा पनि ऋण तिर्न नआएर तिनपुस्ते विवरण राखी राष्ट्रिय दैनिकमा सुचना प्रकाशित गर्ने र कालोसुचीमा राख्ने कोषले जनाएको छ ।