29, Apr, 2024

देउवा निर्वाचन प्रचार गर्न ४ दिन डडेल्धुरा बस्ने

Bagmati Voice
संवाददाता
१५ कार्तिक २०७९, मंगलवार १७:१३ | १ साल अगाडी

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निर्वाचन प्रचारप्रसारको लागि गृह जिल्ला डडेल्धुरामा चार दिन बिताउने भएका छन् ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका देउवाले कात्तिक १७ देखि २० गतेसम्म जिल्लाका विभिन्न स्थानमा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभाका उम्मेदवार गोविन्द बोहराले जानकारी दिए ।

सार्वजनिक तालिकाअनुसार १७ गते अमरगढी बसपार्कमा आयोजित सभालाई देउवाले सम्बोधन गर्नेछन् ।

कात्तिक १८ गते नवदुर्गा र गन्यापधुरा, १९ गते अजयमेरु र भागेश्वर तथा २० गते आलिताल र परशुराममा देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको बोहराले बताए ।

१५ कार्तिक २०७९, मंगलवार १७:१३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading