19, May, 2024

आउँदो २३ र २४ गते बस्ने बैठकले छानिछानी कारबाही गर्छ – रेशम चौधरी

बागमती भ्वाइस
बागमती भ्वाइस
१९ चैत्र २०८०, सोमबार १७:०८ | १ महिना अगाडी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीले पार्टीभित्र उत्पन्न विवादलाई लिएर दिक्दारी पोखेका छन् । उनले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याइएको गुनासो गरे । पार्टीको बैठकमा भएको कुटाकुटबारे आज पत्रकारहरूसँग कुरा गर्दै चौधरीले यस्तो गुनासो गरेका हुन् ।

उनले आफ्नो पार्टीमा सरकारले हस्तक्षेप गरेको आरोप लगाए । आउँदो २३ र २४ गते बस्ने बैठकले छानिछानी कारबाही गर्ने चेतावनी पनि उनले दिए ।

रेशमको भनाइ ;

मलाई थाहा छ यो बिरुवा कुन जातको हो । स्याउको हो कि, ओखरको हो कि, आँपको हो कि । मैले तीन महिनादेखि खाना खाएको छैन ९भावुक बन्छन्० । कहिले दुई चम्चा खान्छु, कहिले के कहिले के । आत्महत्या गर्ने परिस्थितिसम्म पुगाइसके । केही पनि मान्दै मान्दैनन् । केन्द्रीय समितिको निर्णय नमान्ने भन्छन् । पार्टी कसले चलाइरहेको छ रु पदीय लोलोपता धेरै भयो । अब २३ र २४ गतेको बैठकले कारबाही गर्छ । सम्झौता भयो भने पार्टी मिलाउने हो, नत्र छानिछानी कारबाही गर्ने जसले गल्ती गर्‍यो उ कारबाहीमा पर्‍यो । बाहिरबाट हस्तक्षेप भएर यो भइरहेको छ । अहिलेको सरकारले हाम्रो पार्टी चलाइरहेको भएर त यस्तो भइरहेको छ नि ।

१९ चैत्र २०८०, सोमबार १७:०८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading