28, Apr, 2024

महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण: प्रधानमन्त्री प्रचण्ड

बागमती भ्वाइस
बागमती भ्वाइस
१६ चैत्र २०८०, शुक्रबार १०:४६ | १ महिना अगाडी

काठमाडौ । काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन्।

महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।

‘महिलाको यति नै प्रगतिमा सन्तुष्ट हुन भने सकिन्नँ। त्यसैले उनीहरूको सशक्तिकरणका लागि सबैको हातेमालो आवश्यक छ। त्यसका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ,’ उनले भने।

सशक्तिकरणको सवाल आजको दुनियाँमा शक्तिसँग जोडिएकोमा प्रधानमन्त्रीले जोड दिए।

सो अवसरमा प्रधानमन्त्रीले महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायहरूमा करछूट र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिँदै भविष्यमा त्यसलाई बढाउँदै लगिने बताए।

१६ चैत्र २०८०, शुक्रबार १०:४६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading