28, Apr, 2024

मालबाहक डुंगाले ठक्कर दिँदा अमेरिकाको मेरील्याण्डको पुल भत्कियो

बागमती भ्वाइस
बागमती भ्वाइस
१३ चैत्र २०८०, मंगलवार १३:२५ | १ महिना अगाडी

काठमाडौं । अमेरिकाको मेरील्याण्डको पुल भत्किएको छ । मालबाहक डुंगाले ठक्कर दिँदा स्टिलबाट निर्मित पुल भत्किएको डेली मेलले जनाएको छ ।

सामाजिक सन्जाल एक्समा राखिएको एक भिडियोमा डुंगाले पुलको खम्बामा ठक्कर दिएको देखिन्छ । लगत्तै पुलको पुरै संरचनामा भाँचिएर पानीमा खसेको देखिन्छ । पुलको संरचना डुंगामाथि नै खसेको, डुंगाको बत्ती निभेको र कालो धुवाँ उडेको पनि देखिन्छ । यसबाट मानवीय क्षति भए/नभएको रिपोर्ट सार्वजनिक भइसकेको छैन ।

अमेरिकी कोस्ट गार्ड र मेरील्याण्ड ट्रान्सपोर्टेसन अथोरिटीले पुल भाँचिएको पुष्टि गरे पनि यो समाचार तयार पार्दासम्म थप विवरण सार्वजनिक गरेका छैनन् ।

१३ चैत्र २०८०, मंगलवार १३:२५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading