28, Apr, 2024

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई मर्यादित व्यवहार गर्न र अनावश्यक दु:ख नदिन अध्यागमन विभागका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन

बागमती भ्वाइस
बागमती भ्वाइस
१३ चैत्र २०८०, मंगलवार १३:०७ | १ महिना अगाडी

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई मर्यादित व्यवहार गर्न र अनावश्यक दु:ख नदिन अध्यागमन विभागका कर्मचारीलाई निर्देशन दिएका छन् ।

रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा-आउँदा अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न उनले निर्देशन दिएका हुन् ।

विदेशीका लागि अध्यायमन देशको मुहार रहेको उल्लेख गर्दै उनले मुहार नराम्रो भए देशप्रति धारणा सकारात्मक नबन्ने बताए । उनले विगतमा भएका घटना र प्रवृत्तिहरु आगामी दिनमा नदोहोर्‍याउन पनि सम्झाए । दलीय आबद्धताका कारण कसैले पनि संरक्षण नपाउने पनि उनले प्रष्ट पारे ।

१३ चैत्र २०८०, मंगलवार १३:०७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading