18, May, 2024

प्रहरीले माग्यो बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तासँग उजुरी

बागमती भ्वाइस
बागमती भ्वाइस
६ फाल्गुन २०८०, आईतवार १६:४३ | ३ महिना अगाडी

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता र शेयर सदस्यहरुलाई रकम जम्मा गरेको प्रमाणसहित निवेदन दिन इलाका प्रहरी कार्यालय बुटवलले आग्रह गरेको छ ।

कार्यालयले आइतबार एक सूचना जारी गर्दै सहकारीका सदस्य र बचतकर्तालाई बचत पासबुक, शेयर प्रमाणपत्र, बालबालिका भए जन्मदर्ताको प्रमाणपत्रसहित इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिन आग्रह गरेको हो ।

यसअघि प्रहरीले उक्त सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।

उक्त सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई ले बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोप छ । केन्द्रीय कार्यालय बुटवल र भैरहवा सेवा केन्द्रबाट सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ऋण दिएको थियो ।

राई २०७८ सुप्रिम सहकारीको सम्म अध्यक्ष थिए । रुपन्देही लगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए ।

संस्थापक अध्यक्ष एवं संरक्षक जीबी राई फरार छन् र उनको खोजीका लागि प्रहरीले इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गरेको छ ।

६ फाल्गुन २०८०, आईतवार १६:४३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading