29, Apr, 2024

अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीय नागरिकको काठमाडौंबाट उद्धार

बागमती भ्वाइस
बागमती भ्वाइस
३ फाल्गुन २०८०, बिहीबार १४:३१ | २ महिना अगाडी

काठमाडौ । काठमाडौ अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जना भारतीय नागरिकको काठमाडौंबाट उद्धार भएको छ।

गएराति जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले रातोपुलबाट बन्धक बनाइएका ११ जनाको उद्धार गरेको एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

विदेश लैजाने भन्दै बन्धक बनाएको आरोपमा कम्तीमा पनि चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसबारे प्रहरी परिसरले सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

३ फाल्गुन २०८०, बिहीबार १४:३१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading