26, Apr, 2024

ओलीले संसद्को अङ्गभङ्ग गरे, हामी पूर्ण कार्यकाल राख्छौं : प्रधानमन्त्री देउवा

Bagmati Voice
संवाददाता
२९ कार्तिक २०७९, मंगलवार १५:४३ | १ साल अगाडी

सुर्खेत । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पार्टी सभापती शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको अंगभंग गरेको बताएका छन् ।

मंगलबार पाँच दलिय गठवन्धनले सुर्खेतको मेहेलकुनामा आयोजना गरेको संयूक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ओलीले नदिएको अधिकार प्रयोग गरेर एक पटक होइन दुई पटक संसद विघटन गरेको बताए ।

संसदमा संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठवन्धनले जित्न आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, ‘ओलीले संसदलाई अंगभंग गर्न खोजे जनतालाई हामी के विश्वास दिलाउन चाहन्छौं भने हामीले कुनै पनि हालतमा संसद भंग गर्दैनौं, संसदलाई पूर्ण कार्यकाल राख्छौं ।’

देउवाले गठवन्धन निर्माणमा महत्वपूणर् भुमिका खलेका पूणर्बहादुर खड्का र गठवन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।

यस्तै सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ ले गठबन्धन शान्ति सम्झौताको निरन्तरता भएको बताए ।

‘देशमा राजनीतिक परिवर्तन अनुकुल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने प्रचण्डको दाबी गर्दै प्रचण्डले भने, ‘हाम्रो संकल्प १५ बर्षसम्म गठबन्धन कायम राखेर लैजाने छ ।’

प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको बताए भने संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र समृद्धिको लागि बनाइएको उनको भनाई थियो ।

२९ कार्तिक २०७९, मंगलवार १५:४३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading