29, Apr, 2024

राष्ट्रिय तथ्याङ्क कार्यालयले लामो समयपछि पायो पहिलो विशिष्ट श्रेणीको प्रमुख

Bagmati Voice
संवाददाता
१ चैत्र २०७९, बुधबार १०:०१ | १ साल अगाडी

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले लामो समयपछि सचिव सरहको प्रमुख तथ्याङ्क अधिकारी पाएको छ । साबिक केन्द्रीय तथ्याङ्क विभागको स्तरोन्नतिबाट सचिवको दरबन्दी कायम गरिएसँगै नेपालको पहिलो प्रमुख तथ्याङ्क अधिकारीको रूपमा नेपाल सरकारका सचिव रामप्रसाद थपलियाले जिम्मेवारी पाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थपलियाले सोमबार पद बहाली गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

तथ्याङ्क ऐन २०७९ को कार्यान्वयनसँगै केन्द्रीय तथ्याङ्क विभागबाट ‘राष्ट्रिय तथ्याङ्क कार्यालय’रूपान्तरण भएको निकाय राष्ट्रिय योजना आयोग मातहतबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइएको थियो ।

तथ्याङ्क ऐन २०१५ लाई विस्थापित गराउँदै ल्याइएको ऐन अनुसार सहसचिव स्तरका महानिर्देशकले गर्दै आएको विभागको नेतृत्व प्रकाशकीय प्रमुखका रूपमा सचिवले गर्ने व्यवस्था गरिएको छ ।

मन्त्रिपरिषद् बैठकबाट स्वीकृत दरबन्दी विवरण अनुसार ४ जना राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिव सरहका उपप्रमुख तथ्याङ्क अधिकारी रहने छन् ।

उनीहरूले विभिन्न ४ वटा महाशाखाको नेतृत्व गनेछन् । जसमा एक जनाले आर्थिक तथ्याङ्क महाशाखा, एक जनाले सामाजिक तथ्याङ्क महाशाखा, एक जनाले राष्ट्रिय लेखा तथा तथ्याङ्क महाशाखा र एक जनाले योजना तथा जनशक्ति व्यवस्थापन महाशाखाको जिम्मेवारी सम्हाल्ने छन् ।

१ चैत्र २०७९, बुधबार १०:०१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading