29, Apr, 2024

एक अमेरिकी डलरको मूल्य १३२ रुपैयाँ २९ पैसा पुग्यो

Bagmati Voice
संवाददाता
१ चैत्र २०७९, बुधबार ०९:०२ | १ साल अगाडी

एजेन्सी । नेपाली रुपैयाँको तुलनामा डलरको मूल्य निरन्तर महंगो भएको छ।

आजको लागि राष्ट्र बैंकबाट जारी विनिमयदरमा एक डलरको खरिददर १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रुपैयाँ २९ पैसा तोकिएको छ।

मंगलबारको तुलनामा डलरको मूल्य ४० पैसाले बढेक‍ो हो। हिजो एक डलरको खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा तोकिएको थियो।

आज एक युरोको खरिददर १४० रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ तीन पैसा र बिक्रीदर १६९ रुपैयाँ ७६ पैसा तोकिएको छ। त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७१ पैसा र बिक्रीमा ८७ रुपैयाँ ११ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ तीन पैसा र बिक्रीमा ९५ रुपैयाँ ४६ पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ सात पैसा र बिक्रीमा ३६ रुपैयाँमा २४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ सात पैसा र बिक्रीदर ३५ रुपैयाँ २४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ दुई पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २९ रुपैयाँ ३५ पैसा र बिक्रीमा २९ रुपैयाँ ८४ पैसा पाइन्छ। बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ १८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ १४ पैसा तोकिएको छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ९४ पैसा किनबेच भएको छ।

राष्ट्र बैंकले जारी गरेको विनिमयदर भन्दा बैंक तथा मनि एक्सचेन्जहरूले कारोबार गर्ने मूल्य भने फरक-फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। नेपाली मुद्राको विनिमय दर भारतीय मुद्रासँग स्थिर रहेको छ। नेपाली मुद्रा र परिवर्त्य विदेशी मुद्राबीचको विनिमय दर भारतीय मुद्रासँगको विनिमय दरको आधारमा राष्ट्र बैंकले निर्धारण गर्दै आएको छ।

१ चैत्र २०७९, बुधबार ०९:०२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading