17, May, 2024

प्रगति पत्रकारिता सम्मान २०७९ बाट नेपाल प्रेसकर्मी थापा सम्मानित

Bagmati Voice
संवाददाता
२८ फाल्गुन २०७९, आईतवार १२:५३ | १ साल अगाडी

सिन्धुपाल्चोक । नेपालप्रेसकर्मी दिनेश थापा प्रगति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

मेलम्चीमा रहेको प्रगति अङ्ग्रेजी माध्यमिक विद्यालयले हरेक वर्ष पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान गर्ने सिन्धुपाल्चोकका पत्रकारहरूलाई सम्मान गर्दे आइरहेको छ ।

२०६३ सालदेखि प्रगति माविले पत्रकारिता, साहित्य र कलाकारिता क्षेत्रमा योगदान गर्ने स्रष्टाहरूलाई सम्मान गर्दे आएको छ ।

प्रगति माविको ३१ औ वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ, उपप्रमुख उमा प्रधान विद्यालयका अध्यक्ष विजयकृष्ण श्रेष्ठले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष समेत रहेका थापालाई सम्मान गरेका थिए ।

त्यस्तै प्रगति साहित्य सम्मानबाट युवा साहित्यकार एवं पत्रकार किशमा किशोर बुढाथोकी सम्मानित भएका छन् ।

साहित्य विद्याबाट सम्मानित भएका बुढाथोकीले खाडी मुलुक कतारदेखि नेपालमा समेत साहित्यमार्फत नेपाली भाषा संस्कृतिको उत्थान, विकास र संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बुढाथोकीलाई सम्मान गरेको सम्मान कार्यक्रमका संयोजक साहित्यकार एवं पत्रकार डम्बर रसिक भारतीले जानकारी दिए ।
मेलम्ची क्षेत्रबाट लोकगायकमा उदाएका पदम दुलाललाई गीत संगीत क्षेत्रबाट सम्मानित भएका छन् । काँठे भाकामा लामो समयदेखि गीतसङ्गीतको क्षेत्रमा क्रियाशील दुलालले कला तथा संगीतको क्षेत्रमा सहयोग पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको थियो ।

प्रगति अङ्ग्रेजी माविको ३१ औ वार्षिकोत्सवका अवसरमा पूर्व प्रावि तहमा दीक्षान्त हुने विद्यार्थीहरूलाई दीक्षित गरिएको थियो भने अन्य विभिन्न विधाहरूमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई समेत सम्मान गरिएको विद्यालयका प्रिन्सिपल ऋषि नेपालले जानकारी दिए । विद्यालयमा हाल ७ सय बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।

निजी क्षेत्रबाट सञ्चालित विद्यालयले विभिन्न क्षेत्रमा उल्लेख्य योगदान दिनेहरूलाई सम्मानको संस्कृतिको सुरुवात गरेर विद्यालयले असल अभ्यासको सुरुवात गरेको मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बताए ।

२८ फाल्गुन २०७९, आईतवार १२:५३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading