19, May, 2024

बैङ्क अफ काठमाडौँ र ग्लोबल आइएमई बैंकको सेयर स्वाप रेसियो समान हुने

Bagmati Voice
संवाददाता
२७ कार्तिक २०७९, आईतवार १४:२३ | १ साल अगाडी

काठमाडौं । मर्जरको प्रक्रियामा रहेको ग्लोबल आइएमई बैङ्क र बैंकअफ काठमाडौँको सेयर स्वाप रेसियो (सेयर आदान प्रदान अनुपात) समान रहने भएको छ ।

बैङ्क अफ काठमाडौँ (बिओके) को सञ्चालक समितिको बैठकले स्वाप रेसियो १ः १ हुने निर्णय भएको छ । यो भनेको बैङ्क अफ काठमाडौँ र ग्लोबल आइएमईको सेयर आदानप्रदान अनुपात बिओकेको १०० कित्ता बराबर ग्लोबल आइएमईको पनि १०० नै रहने निर्णय भएको छ ।

यी दुई बैंकले गत असार २ गते मर्जरमा जाने सम्झौता गरेका थिए ।

दुवै बैङ्क गाभिएपछि नयाँ बैंकको नाम ग्लोबल आइएमई बीओके बैङ्क हुनेछ। नयाँ बैंकको प्रमुख कार्यकारीमा ग्लोबलका रत्नराज बज्राचार्यले निरन्तरता पाउने सहमति भएको छ भने यता बीओकेका श्रवण मास्के त्यसपछिको स्थानमा हुनेछन्।

दुवै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको थियो । तर अहिले बिओकेको सञ्चालकको सेयर स्वाप रेसियोको निर्णय नेपाल स्टक एक्सचेन्जलाई गराएको छ ।

मर्जर पछि यो बैंकको पुँजी ३४ अर्ब रुपैयाँ पुग्नेछ ।

२७ कार्तिक २०७९, आईतवार १४:२३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading