29, Apr, 2024

मकवानपुरमा कांग्रेस वीपीका उम्मेदवारले ईन्द्रबहादुर बानियाँलाई सघाउने

Bagmati Voice
संवाददाता
२० कार्तिक २०७९, आईतवार १२:२९ | १ साल अगाडी

हेटौंडा । नेपाली कांग्रेस वीपीका तर्फबाट मकवानपुर प्रदेशसभा क्षेत्र नम्बर २ (ख) का उम्मेदवार पदम बहादुर तितुङले आफ्नो उम्मेदवारी निस्क्रिय पारेका छन् ।

आइतबार बिहान हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले सत्तारुढ गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी कायम नरहेको बताएका हुन् ।

नेपाली कांग्रेसमै सक्रिय रहेका उनले पार्टी सञ्चालनका क्रममा भएका केही कमीकमजोरीका कारण चित्त दुखेर कांग्रेस वीपीबाट उम्मेदवारी दिएको बताए ।

आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्त जस्ता उपलव्धी गुम्न सक्ने र अहिलेको व्यवस्था मास्नेहरुलाई नै बल पुग्ने खतरा देखेपछि उम्मेदवारी स्थगन गरेको उनले बताए ।

गएको बुधबार मात्रै सोही क्षेत्रका अर्का स्वतन्त्र उम्मेदवार खुसीलाल चेपाङले पनि बानियाँलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेका थिए ।

२० कार्तिक २०७९, आईतवार १२:२९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading