18, May, 2024

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ, फैसला आजै आउन सक्ने

बागमती भ्वाइस
बागमती भ्वाइस
२ जेष्ठ २०८१, बुधबार ०८:११ | २ दिन अगाडी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ ।

लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । हिजो दिनभरिको सुनुवाइपछि न्यायाधीशले बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए ।

आज यही इजलासमा मुद्दाको सुनुवाइले निरन्तरता पाउने छ । फैसला आज नै आउन सक्छ ।

२ जेष्ठ २०८१, बुधबार ०८:११ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading