29, Apr, 2024

नेपाली कांग्रेसको आदिवासी जनजाति विभागमा १० सदस्य मनोनित

बागमती भ्वाइस
बागमती भ्वाइस
१६ चैत्र २०८०, शुक्रबार १२:११ | १ महिना अगाडी

काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति विभागमा १० सदस्य थपिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले दिलमान पाख्रिन नेतृत्वको आदिवासी जनजाति विभागमा १० सदस्य मनोनित गरेका हुन् ।

मनोनित हुनेहरुमा नगेन्द्रकुमार कुमाल (इलाम), रेशमबहादुर गुरुङ (गोरखा), आनन्दसन्तोषी राई (धनकुटा), आङपासाङ शेर्पा (दोलखा), चन्द्रकुमार आङ्दम्वे (पाँचथर) छन् । यसैगरी सलाम सिंह तामाङ (काभ्रेपलाञ्चोक), थममाया छन्त्याल (बाग्लुङ), रमेश जिमी (संखुवासभा), धनबहादुर श्रेष्ठ (काठमाडौं) र कृष्ण घिसिङ (रामेछाप) पनि आदिवासी जनजाति विभागमा मनोनित भएका छन् ।

पार्टी सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा सदस्यहरु मनोनित गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

१६ चैत्र २०८०, शुक्रबार १२:११ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading