28, Apr, 2024

सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई प्राधिकरणले दियो लाइन काट्ने चेतावनी

बागमती भ्वाइस
बागमती भ्वाइस
१६ चैत्र २०८०, शुक्रबार ०८:३२ | १ महिना अगाडी

काठमाडौ । काठमाडौ नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महशुल नतिर्ने स्थानीय तहलाई विद्युतको लाइन काट्ने चेतावनी दिएको छ।

शुक्रबार सूचना प्रकाशन गरेर प्राधिकरणले विभिन्न स्थानीय तहहरूले सडक बत्ती बालेको तर त्यसबापत उठेको बिजुलीको महशुल नबुझाएको बताउँदै यथाशिघ्र महशुल बुझाउन ताकेता गरेको हो।

प्राधिकरणका अनुसार सडकबत्ती बालेबापत ६ अर्ब रूपैयाँ बक्यौता रकम उठ्न बाँकी छ।

प्राधिकरणले बत्तीको महशुल तिर्नका लागि आवश्यक भए किस्ताबन्दीको सुविधा समेत दिन तयार रहेको जानकारी दिएको छ।

अन्यथा लाइन जुनसुकै बेला काटिनसक्ने चेतावनी प्राधिकरणले दिएको छ।

‘रीतपूर्वक सडक बत्तीको ग्राहक नबन्ने, बक्यौता महशुल समर्थन नगर्ने, महशुल नतिर्ने र बिनामिटर नेपाल विद्युत प्राधिकरणको स्वीकृति नलिई अनधिकृत तवरबाट सडक बत्ती जडान गरी प्रयोग गर्ने स्थानीय तहको सडक बत्ती र कार्यालयको समेत विद्युत् लाइन जुनसुकै बेला काटिन सक्ने ब्यहोर यसै सूचनामार्फत जानकारी गराइन्छ,’ प्राधिकरणले प्रकाशन गरेको सूचनामा भनिएको छ।

१६ चैत्र २०८०, शुक्रबार ०८:३२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading