24, Jun, 2024

बर्णबास म्युजियम होटलले भूकम्प प्रभावितका परिवारलाई जागिरको विशेष प्राथमिकता दिने

बागमती भ्वाइस
बागमती भ्वाइस
४ मंसिर २०८०, सोमबार १२:१७ | ७ महिना अगाडी

काठमाडौं । काठमाडौंमा चाँडै सञ्चालनको तयारीमा रहेको बर्णबास म्युजियम होटलले जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितका परिवारलाई जागिरको विशेष प्राथमिकता दिने घोषणा गरेको छ ।

पाँचतारे होटल बर्णबासका प्रमुख सञ्चालक तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले कर्मचारी नियुक्तिमा भूकम्पबाट प्रभावित बनेकाको परिवारलाई विशेष प्राथमिकता दिइने बताएका छन् ।

एक अर्ब लगानीमा निर्माण भएको बालुवाटारस्थित यो होटलले विभिन्न तहका कर्मचारीको विज्ञापन गरिरहेको छ । यसअघि सांसद बजगाईँ निर्वाचित भएको गोरखाका दक्ष उम्मेदवारलाई विशेष प्राथमिकता दिने नीति राखेको थियो ।

पछिल्लोपटक भुकम्पबाट प्रभावित बनेका जाजरकोट, रुकुम पश्चिम र उच्च हिमाली क्षेत्रमा काम गर्दा ज्यान गुमाउनेका परिवारलाई बर्णबास म्युजियम होटलको कर्मचारी नियुक्तिमा विशेष प्राथमिकता दिएको उनले बताए ।

बर्णबास म्युजियम होटल सांसद राजेन्द्र बजगाईँको ‘ड्रिम प्रोजेक्ट’ हो । २ वर्षमै होटल निर्माण सम्पन्न हुने चरणमा छ । ९ तले भवनमा हिमाल, पहाड र तराई झल्किने कोठाहरू बनेका छन् ।

यसमा विभिन्न क्षेत्रमा बस्ने आदिवासी जनजाति संस्कृति पनि झल्काइएको छ ।

४ मंसिर २०८०, सोमबार १२:१७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading