22, Sep, 2023

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?

बागमती भ्वाइस न्युजडेस्क
२८ भाद्र २०८०, बिहीबार १२:०५ | १ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२८ भाद्र २०८०, बिहीबार १२:०५ मा प्रकाशित