16, Jul, 2024

उपेन्द्र यादवले रोजे प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति

Bagmati Voice
संवाददाता
२७ बैशाख २०८०, बुधबार १३:२२ | १ साल अगाडी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन् ।

जसपाको सिफारिस अनुसार सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा यादव राज्य व्यवस्था तथा सुशासन समिति सदस्य रहने प्रस्ताव राखे । जसलाई सभाले स्वीकृत गरेको छ ।

यादव गत १० वैशाखमा बारा निर्वाचन क्षेत्र नम्बर-२ मा भएको उपचुनावमा निर्वाचित भएका थिए ।

२७ बैशाख २०८०, बुधबार १३:२२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading