04, Oct, 2023

जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

बागमती भ्वाइस न्युजडेस्क
२७ बैशाख २०८०, बुधबार १०:३२ | ४ महिना अगाडी

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्ने भएको छ ।

अहिले बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बोलाइएको हो ।

बैठकमा सरकारमा मन्त्री पठाउनेबारे छलफल हुने छ । यस्तै पार्टीको विधान अधिवेशन लगायतका विषयले पनि प्रवेश पाउने नेताहरूले बताएका छन् ।

अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमार्फत संसद प्रवेश गरेसँगै उनी सरकारमा जाने चर्चा चुलिएको छ ।

२७ बैशाख २०८०, बुधबार १०:३२ मा प्रकाशित