कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले कोभिड–१९ का बिरामी सहित अन्य बिरामीका उपचार नियमित रुपमा भइरहेको बताए । पछिल्लो समयमा नयाँ भेरियन्ट सहितको सङ्क्रमणले अक्सिजन लिने वृद्धि हुँदा समस्या भइरहेका अवस्थामा पनि अन्य जटिल खालका बिरामीको पनि नियमित उपचार भइरहेको उहाँले जानकारी दिए। “हामीलाई दैनिक ३०० अक्सिजन सिलिण्डरको आवश्यकता पर्छ । शुरुका दिनमा २०० सिलिण्डर थियो,” उनले भने, “पछिल्लो समयमा अक्सिजनको हाहाकार बन्दै गयो ।”
नेपालगञ्जबाट भरेर ल्याएका सिलिण्डर त्यहाँका बिरामीका आफन्तले खोस्दा अक्सिजन अभाव बढेको र श्वासप्रश्वासका बिरामी थपिँदै उपचारमा आइलागेको समस्याले निकै सोच मग्न बनाएको उनले बताए । अक्सिजन नै सकिएपछि श्वास प्रश्वासका बिरामीहरुको मृत्युको कारुणिक दृश्य र आफन्तहरुको पीडा देख्न नपरोस् भनेर अस्पताल सेवादिन सक्ने अवस्थामा नरहेको भन्ने सूचना गर्नुुपरेको उनको भनाइ थियो । उनले भने, “बिरामीको हित र सरकार सहित अन्य सरोकारवाला निकायलाई पनि झक झक्याउन सूचना गरेको हुँ । यसले नागरिकमा केही असर पारेपनि सरोकारवालाको गम्भीर ध्यानाकर्षणले अक्सिजनको जोहो भएर कोभिड बिरामीको उपचारमा सहयोग पुगेको छ ।” प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पतालाई कोभिड विशेष अस्पताल भनिएपनि प्रतिष्ठान टाढा रहेको, चौरजहारीमा जनशक्ति र क्षमता कम भएकोले सुर्खेत मै बिरामीको चाप बढेको उनको भनाइ थियो ।
प्रदेश अस्पताल बाल रोग विभागका प्रमुख डा.नवराज केसीले गम्भीर खालका बिरामीमात्र आओस् भन्ने आशयले अस्पताल प्रशासनले सूचना गरेको बताए। कोरोनाबाट बालबालिकाहरुमा सामान्यप्रभाव देखिएपनि ठूलो असर नपरेको उनले बताए । गाउँमा स्वास्थ्यकर्मी, स्वयंसेवकआमा समूह र अन्य सरोकारवालाहरुले पनि यो अभियानमा खट्न सके ८० प्रतिशत बिरामी घट्ने उनको भनाइ थियो ।
प्रदेश अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा.के.एन.पौडेलले अवधिमा धुम्रपान तथा मध्यपान गर्ने युवाहरुको मृत्युदर बढेको जानकारी दिए । सङ्क्रमणको बीचमा पनि कोरोनाका बिरामीहरुकै सि।एस।एपेन्डिसाइटिस्लगायतको शल्यक्रिया गरिएको उनले बताए । उनका अनुसार केहीदिनमा सङ्क्रममितका बिरामी घट्दै जानेछन् ।
प्रदेश अस्पतालका अनुसार कोरानाको बिरामीलाई ‘हाइ फ्लो’को अक्सिजन चाहिने भएकोले कन्सेटे«टर र अक्सिजन पाइप लाईनबाट करिब ७० भन्दा बढी बिरामीलाई अक्सिजनदिइएको छ । अक्सिजन प्लान्टले सोचे अनुसारकोअक्सिजनप्रवाहनसकेकोले त्यसको क्षमता बढाउनेतर्फ प्रयास थालिएको छ । कोभिड–१९ व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले रु।२५ करोड सहयोग गरेको अस्पताल प्रशासनले जनाएको छ ।