काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले संविधान संशोधनको बहसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
पार्टीका कार्यवाहक महासचिव सिपी गजुरेल (गौरव)ले वक्तव्य जारी गर्दै सरकारले संविधान संशोधनको नौटङ्गी गरेको टिप्पणी गरेका छन् । जनतालाई भ्रममा पार्न संविधान संशोधनको हल्ला गरिएको उनको भनाइ छ ।
‘नेपालमा साम्राज्यवाद तथा विस्तारवादका दलालहरुको नेतृत्वमा रहेको संसदीय व्यवस्था तथा प्रतिक्रियावादी राज्यसत्ता अन्तर्गत हुने कुनै पनि प्रकारको संविधान संशोधनको नौटङ्की आन्दोलित जनतालाई भ्रममा पार्ने र नेपाललाई सधैं वाह्य शक्ति केन्द्रहरुको अखडा बनाइराख्ने भ्रमजाल बाहेक अरु केही होइन ’, वक्तव्यमा भनिएको छ ।
गुजुरेलले संविधानको संशोधन होइन यसको पूर्ण खारेजीे र संघीय जनगणतान्त्रिक संविधान निर्माण गर्नुपर्ने आफ्नो पार्टीको धारणा भएको उल्लेख गरेका छन् ।